Comments Add Comment

साम्राज्ञीको पर्खाई

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले घुमफिर र पारिवारिक जमघटमा बढी व्यस्त भएको पाइन्छ । साम्राज्ञीले चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजपछि नयाँ चलचित्रका लागि हतार नगरेको देखिन्छ ।

चलचित्र ‘मारुनी’ले इनिसियल व्यापार राम्रो गर्न नसक्दा साम्राज्ञीको स्टारडममा नै प्रश्न उठेको थियो । चलचित्र ‘रातो टिका निधारमा’ त बक्स अफिसमा नराम्रैसँग चिप्लियो । यो चलचित्र पनि असफल भएपछि साम्राज्ञी अहिले गम्भिर बनेको देखिन्छ । साम्राज्ञीले नायक प्रदिप खड्कासँग काम गर्ने चलचित्र बाहेक अरु चलचित्र साइन गरेको खबर छैन ।

साम्राज्ञी नायक प्रदिप खड्काकै प्रतिक्षामा छिन् । तर, प्रदिपले यो चलचित्रका लागि यो बर्ष समय दिने संभावना कम छ ।

नेपाली चलचित्र क्षेत्रमा साम्राज्ञीको स्टारड जसरी उचाइमा पुग्यो, त्यसरी नै खस्किएको टिप्पणी हुने गर्दछ । किनकी, पहिलो चलचित्रबाट नै स्टार बनेकी यी सुन्दरीलाई पछिल्ला चलचित्रबाट भने धक्का लागेको पक्का हो ।

साम्राज्ञीले हरेक चलचित्रमा फरक भूमिका गर्न नपाउँदा उस्तै खालको भूमिकामा काम गर्नुपरेको बताउँदै आएकी थिइन् । तर, उनले फरक भूमिका भनेर सर्वाधिक प्रशंसा गरेको चलचित्रबाट नै उनलाई राहत मिलेन । यसैले, अब उनले चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने अवस्था छ ।

साम्राज्ञीले ‘रातो टिका निधारमा’पछि नयाँ चलचित्र साइन गर्न हतार नगर्नुले पनि उनी गम्भिर बनेको संकेत त गर्छ । तर, साम्राज्ञीले चलचित्रको पर्दा भित्र मात्र होइन, बाहिरी दुनियाँमा हुने चर्चालाई पनि नियन्त्रण गर्न आवश्यक छ । उनलाई, उनको व्यक्तिगत हल्लाले अझै बढी असर गरेको पक्का हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment