+
+
Shares

५५ लाखका विद्युतीय सामानसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १५:१७

१० पुस, काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइललगायत सामान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?