Comments Add Comment

गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा झापाका अधिकारी नियुक्त

१० पुस, काठमाडौं । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक झापाका डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ ।

पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सो पदमा चार वर्षका लागि नियुक्त गरेको हो ।

त्यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा ६ जनालाई मनोनित गरेको छ । जसमा किशोरविक्रम मल्ल, डा. हरिहर वस्ती, डा. सन्ध्या चापागाई, डा. सुप्रभात श्रेष्ठ, डा. प्रनित पोखरेल रहेका छन् ।

त्यस्तै रजिष्ट्रारमा डा. कृष्णप्रसाद अधिकारीको मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment