Comments Add Comment

लेस्टरको पोष्टमा लिभरपुलको चार गोल, म्यानचेष्टर युनाइटेड पनि विजयी

११ पुस, काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको लेस्टर सिटीलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ रोवर्टो फ्रिमिनोले दुई गोल गरेपछि लिभरपुलले लेस्टरलाई यसैको मैदानमा ४–० ले पराजित गरेको हो ।

जितपछि लिभरपुलले १८ खेलबाट ५२ अंक जोडेको छ । लिभरपुलको अंक म्यानचेष्टर युनाइटेड र आर्सनलको अंक जोड् बराबर हुन्छ । एक खेल बढी खेलेको लेस्टर १९ खेलबाट ३९ अंकसहित दोस्रो स्थानमा छ ।

लेस्टरको मैदान किङ पावर स्टेडेयममा भएको खेलको ३१औं मिनेट फिर्मिनोले ट्रेन्ट एलेजान्डर अर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलले तीन गोल थप्यो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जेम्स मिलनरले ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ३–० को अग्ता बनायो । यस पटक पनि अर्नोल्डले ने असिस्ट गरे ।

दुई असिस्ट पछि ट्रेन्ट अर्नोल्ड आफैंले ७८ औं मिनेटमा साडियो मानेको पासमा गोल गर्दे लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।

उता एन्टोनी मार्सिएलले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले न्यूकासललाई ४–१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्रफोर्डमा एक गोलले पछि परेर पनि युनाइटेडले कमब्याक गरेको हो । मयाथ्यु लङस्टाफले १७ औं मिनेटमा गोल गर्दै न्यूकासललाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । मार्सिएलले २४ औं मिनेटमा म्यानचेष्टर युनाइटेडका लागि बराबी गोल फर्काए । ३६ औं मिनेटमा मासोन ग्रिनउड र ४१ औं मिनेटमा मार्कस रासफोरडले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–१ को अग्रता बनायो । ५१ औं मिनेटमा मार्सिएलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले ४–१ को अग्रता बनायो र त्यही कायम राख्दै जित हात पारेको हो ।

जितपछि १९ खेलबाट २८ अंङ्क जोड्दै युनाइटेड सातौं स्थानमा उक्लेको छ । न्यूकासल २५ अंकसहित दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment