Comments Add Comment

मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु   

११ पुस, बेत्रावती । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान साढे १० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए । उनको अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले डोजर मगाइएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा (लामा)ले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment