Comments Add Comment

स्वस्तिमालाई छैन डर

नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘चपली हाइट ३’ले आफ्नो छविमा असर गर्ने कुरामा कत्ती पनि डर छैन । किनकी, स्वस्तिमाका अनुसार यो चलचित्र यौन मनोविज्ञानमा बनेको होइन ।

स्वस्तिमा भन्छिन्–‘मलाई ‘चपली हाइट ३’ ले मेरो छविमै असर गर्छ कि भन्ने डर छैन । किनकी, यो यौन मनोविज्ञानको कथामा बनेको चलचित्र नै होइन । यसपटक, चलचित्रलाई सस्पेन्स थ्रीलर कथामा तयार पारिएको छ ।’

यो चलचित्रको पहिलो सिरिजले नेपाली चलचित्र क्षेत्रमा भल्गर कथा भित्राएको आरोप लागेको थियो । निर्माता अर्जुन कुमार यो कुरा मान्न तयार छैनन् । निर्माता अर्जुन कुमारले चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि अफर गरेका थिए । तर, साम्राज्ञीले चलचित्रको नाम नै परिवर्तन गर्न भनेपछि समस्या उत्पन्न भयो र उनले काम गरिनन् । साम्राज्ञीलाई चलचित्रको नामका कारण आफ्नो छविमा असर पर्ने भय थियो । तर, स्वस्तिमालाई भने यो कुरामा कत्तीपनि डर छैन ।

चैत्र २८ गते चलचित्र रिलिज भएपछि स्वस्तिमाको दाबी कती सहि र कती गलत छ भन्ने पुष्टी भैहाल्नेछ । स्वस्तिमा भने चलचित्रको बिषयवस्तु बलियो भएकाले ढुक्क छिन् । निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमालाई सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment