Comments Add Comment

आउँदो दशैंमा ‘दीपक–दीपा भर्सेस मह जोडी’

निर्माता दीपकराज गिरी र उनको टिमले चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरेसँगै यसले चर्चा पाइरहेको छ । अर्कोतिर, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई घोषणा गरेसँगैयसले चलचित्र क्षेत्रलाई नै तरंगित बनाएको छ ।

अर्को बर्षको दशैंको फूलापातिलाई लक्षित गर्दै प्रदिप भट्टराइको निर्देशनमा बन्ने चलचित्रको प्रदर्शन मिति यसअघि नै घोषणा गरिएको थियो । यो चलचित्रलाई रविन्द्र सिंह बाँनियाले निर्माण गर्नेछन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्ने पक्का भैसकेको छ । तर, यो मह जोडीको ब्यानरमा बन्ने चलचित्र भने होइन ।

यो पनि पढ्नुहोस ‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने

यसैविच, दीपकराज गिरी र उनको टिमले बनाउन लागेको चलचित्र ‘छक्का पन्जा ४’ पनि दशैंको फूलपातिमा नै रिलिज हुने भएको छ । योसँगै अब आउँदो बर्षको दशैंमा मह जोडीले अभिनय गर्ने चलचित्रसँग दीपकराज गिरी र उनको टिमले निर्माण गर्ने चलचित्रको भिडन्त पक्का भएको छ ।

चलचित्र क्षेत्रमा यी दुबै टिम सशक्त मानिन्छन् । ‘छक्का पन्जा ४’ले बक्स अफिसमा नयाँ तरंग ल्याउने निश्चित छ । यस्तै, मह जोडीको अभिनय रहने र सफल निर्देशक प्रदिप भट्टराइको निर्देशन रहने भएकाले पनि नाम नतोकिएको यो चलचित्रले पनि तरंग ल्याउने छ ।

प्रदिप भट्टराइकै निर्देशनमा बनेको चलचित्र ‘शत्रु गते’मा मह जोडीसँगै दीपक र दीपाले पनि काम गरेका थिए ।

हुनत, चलचित्र क्षेत्रमा यस्ता ठूला भिडन्तहरु टर्दै पनि आएका छन् । यी दुई चलचित्रको रिलिजलाई दुबै निर्माताले मिलेर समाधान गर्नेछन् या एकसाथ रिलिज गर्नेछन्, यसका लागि केही समय कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment