+
+
Shares

हिमा गृह रिसोर्ट होइन, पर्यटकीय गन्तव्यको रुपमा खुल्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते ११:५८

१२ पुस, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताएका छन् ।

यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ कास्कीले गरेको पत्रकार सम्मेलनमा भट्टराईले हिमा गृहलाई पर्यटकीय गन्तव्यका रुपमा उपयोग गर्न उपयुक्त हुन्छ भनेर नेपाल ट्रष्टलाई पर्यटनमन्त्रालयले पत्राचार गरिसकेको भट्टराईले बताए । ‘नेपाल ट्रष्ट र यसका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्रीलाई पर्यटकीय गन्तव्य बनाउँदा पोखराको पर्यटनमा ठूलो अर्थ राख्छ भनेर लिखित पत्राचार गरेका छौं,’ भट्टराईले भने, ‘केही समय लाग्ला तर हिमा गृह पर्यटकीय गन्तव्यका रुपमै खुल्छ ।’

गोकर्ण फरेष्ट रिसोर्टको सम्झौता झण्डै ६ वर्ष बाँकी छँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह पनि रिसोर्ट चलाउन निजी क्षेत्रलाई दिन लागिएको बताएका थिए ।

तर, मन्त्री भट्टराईले भने कुनै व्यक्तिको हल्लाको पछि नलाग्न आग्रह गरे । विभिन्न सार्वजनिक सम्पत्ति कानुनअनुसार लिजमा दिन भने सकिने पर्यटनमन्त्री भट्टराईले बताए । ‘अरु देशमा पनि सार्वजनिक जग्गा विजनेस हाउसहरुलाई निश्चित समयका निम्ति दिन सकिने नीति हुन्छ,’ भट्टराईले भने, ‘बरु हेर्ने कुरा यति हो कि सार्वजनिक जग्गा लिजमा दिने प्रक्रिया पारदर्शी छ कि छैन भन्ने हो ।’

२०७३ सालमा यतिलाई दिने निर्णय गरेको सरकारविरुद्ध आन्दोलन गरेर योजना बिफल बनाएका पोखरेली फेरि आन्दोलनको तयारीमा थिए ।

तत्कालीन राजा महेन्द्र शाहका माहिला भाइ हिमालय वीरविक्रमका नाममा पोखरामा हिमा गृह बनेको थियो । हिमालय निसन्तान दिवंगत भए । त्यसपछि हिमा गृह तत्कालीन राजा वीरेन्द्रको नाममा आयो । फेवा किनारमा रहेका रत्न मन्दिर र हिमा गृह तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका रोजाइको थलो थियो ।

पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिर र हिमागृहमा हुन्थ्यो । ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए । २०६२/६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर र हिमा गृह जनताको भयो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?