Comments Add Comment

सिद्धार्थ बैंकको आयोजनामा ३४२ जनाद्वारा रक्तदान

१२ पुस, काठमाडौं ।  सिद्धार्थ बैंकको १७औं वार्षिकोत्सवको सु–अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा ३४२ जनाले रक्तदान गरेका थिए। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रम पारी दमक, जनकपुर र हेटौंडामा पनि गरिनेछ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएसमेसिन मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment