+

अनन्तको गोलमा थ्रीस्टारको जित

२०७६ पुष  १२ गते १८:२३ २०७६ पुष १२ गते १८:२३
अनन्तको गोलमा थ्रीस्टारको जित

काठमाडौं । ललितपुर क्लब थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा थ्री स्टारले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई १-० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारका लागि अनन्त तामाङले एक मात्र गोल गरे । १५औं मिनेटमा अनन्त तामाङले मिक्छेन गुरुङको पि|mकिकमा हेड मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको शुरुवात देखि नै थ्रीस्टारले एपीएफलाई दबाबमा राखेको थियो । खेलभर थ्री स्टारले आधा दर्जन भन्दा बढी अवसर बनाएपनि गोलमा परिणत गर्न नसक्दा अग्रता फराकिलो बनाउन सकेन ।

पहिलो हाफमा दिपेश घलेको प्रहार र दोस्रो हाफमा मिकछेन तामाङको पि|mकिक बारमा लागेको थियो । थ्री स्टारले अब अर्काे खेल त्रिभुवन आर्मीसँग खेल्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय