+
+
Shares

महिन्द्राका ‘एक्सयूभी-३००’ अब बुटवलमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते १८:४९

१२ पुस, काठमाडौं । महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु भएको छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल गाडीलाई बुटवलमा पुर्‍याएको हो ।

‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अजर्ुून प्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गरे ।

समारोहमा बोल्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अजर्ुून प्रसाद शर्मा भने,’हामी एक्सयूभी ३०० प्रदेश-५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरेझैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरू युक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’

अग्नि ग्रुपका स्थानीय विक्रेता लोक शुशिला अटो कन्र्शन बुटवलका प्रबन्ध निर्देशक लोकहरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो ।

महिन्द्राको नयाँ एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्र्फट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले प्रदेश-५, बुटवलमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ-लाइट, पुश स्टार्ट-स्टप बटन, टचस्त्रिmन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र -पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

एक्सयूभी ३०० कम्र्फट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?