Comments Add Comment

सागमा पदक जित्ने मकवानपुरका खेलाडी सम्मानित

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार नगदसहित सम्मान गरेको छ ।

सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा दर्नालले स्वर्ण जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्याङतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत हात पारेका थिए । कांस्य जित्नेमा करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खो खोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकाश लामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment