+
+
Shares

पीडीओ लिन ग्याँस उद्योगीलाई ९० दिने म्याद, नलिए लाइसेन्स खारेज हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते ९:५९

१३ पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो ।

दर्ता भएका ग्यास उद्योगहरूले नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माणाधीन उद्योगहरूले अझै पनि पीडीओ लिएका छैनन् । स्थान मात्रै ओगटेर बसेका छन् । ग्यास उद्योगहरूले पीडीओ लिन आनाकानी गरेपछि निगमले अनुमति रद्द गर्नेसम्मको चेतावनी दिएको हो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स ओगटेर बसेका कतिपय ग्यास उद्योगीले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगमाथि कडाइ गर्न लागिएको बताए । गोइतका अनुसार, दर्तापछि पीडीओ नलिएका उद्योगलाई लिनका लागि ९० दिनको समय दिइएको छ ।

तोकिएको ९० दिनभित्र पनि उद्योगहरूले पीडीओ नलिएमा निगमले प्रदान गरेको अनुमति खारेज गर्ने उनले जानकारी दिए ।

‘निगमको एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) को विनियम ४ बमोजिम पीडीओ प्राप्त गर्न एलपी ग्यास उद्योगीहरूलाई हामीले सूचना गरेका छौं’, निगम प्रवक्ता गोइतले अनलाइनखबरसँग भने, ‘अटेरी गरेर पीडीओ नलिएमा निगमले दिएका अनुमति खारेज गरिनेछ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?