Comments Add Comment

सचिवालयको निर्णयप्रति नेकपा प्रदेशसभा सदस्यको आपत्ति

प्रदेश ३ को राजधानी काभ्रेमै बनाउँछौं–चन्द्र लामा

१३ पुस, काठमाडौं । प्रदेश ३ को बाग्मती नाम र राजधानी हेटौंडा राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति सोही पार्टीका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सांसद चन्द्र लामाले विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै प्रदेशसभा सदस्य लामाले प्रदेशको नाम र राजधानी प्रदेशसभाको क्षेत्राधिकार भएको बताए ।

लामाले हेटौडाबाट राजधानी सार्न पार्टीभित्रनै बहुमत भएको दावी समेत गरे । २०७४ चैत १४ गते नेकपा संसाद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउँन प्रदेशसभा सचिवालयमा प्रश्ताव पेश गरेका थिए । प्रस्तावमा काभ्रेकै प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाइ र रत्न ढकालले समर्थन गरेको थिए ।

उनीहरु तीनैजना नेकपाका नेता हुन् । प्रदेशसभा सदस्य लामाले काभ्रेलाई राजधानी बनाएरै छाड्ने दावीसमेत गरे । प्रदेशसभामा दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा रहेकाले पार्टी केन्द्रले निर्देशन दिँदैमा नहुने उनले बताए ।

लामाले भने ‘कुनै हातलमा काभ्रेमा राजधानी लगिन्छ । पार्टीले यो विषयमा ह्वीप लगाउँदैन । हामी यो विषयमा लचिलो हुने छैनौँ । हिजो हामीले जनतालाई प्रदेश राजधानीको प्रतिवद्धता जनाएका छाँै । भोलि भोट माग्न जानु पर्दैन हामी ? त्योमात्रै होइन, काभ्रे राजधानीका लागि उपयुक्त स्थान हो । पार्टीले यो विषयमा पुनर्विचार गरोस् ।’

लामाले काभ्रे राजधानी लैजाने आफ्नो प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने र दुई तिहाइ बहुमतले पास हुने दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment