Comments Add Comment

सुबिसुको अफरच्यूनिटी,१०४० रूपैयाँमा २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज

१३ पुस, काठमाडौं ।  नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र एक हजार ४० प्रति महिनामा २५ एमबीपीएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्नु हुनेछ। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र दुई सय २१ मा प्राप्त गर्नुहुने छ । यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ । यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गनेुहुनेछ जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् ।

आफ्नो १९औं बार्षिकोत्सव हर्षउल्लासका साथ ग्राहकहरु माझ खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुबिसुले यो अफर लिएर आएको हो । अफर सीमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment