Comments Add Comment

चार मिनेटमा दुई गोल गर्दै चेल्सीले आर्सनललाई हरायो

काठमाडौं । प्रिमियर लिगको लण्डन डर्बीमा चेल्सीले आर्सनलमाथि पुनरागमन जित हात पारेको छ ।

पहिलो हाफमै पछि परेको चेल्सीले दोस्रो हाफको अन्तिम १० मिनेटभित्र दुई गोल फर्काउँदै आर्सनललाई २-१ ले पराजित गरेको हो ।

चेल्सीले चार मिनेटमा दुई गोल गरेको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा पिएरे एमरिक ओवामेयाङको गोलमार्फत आर्सनलले १३औं मिनेटमै अग्रता लिएको थियो । ८२ मिनेटसम्म अग्रता कायम राखेको आर्सनलले त्यसपछि भने लय गुमायो र दुई गोल बेहोर्‍यो । ८३औं मिनेटमा मासोन माउन्टको फ्रिकिकमा चेल्सीका लागि जर्जिन्होले बराबरी गोल गरे । त्यसपछि चेल्सीले अर्को गोल थप्यो ।

८७औं मिनेटमा विलियमको पासमा टोमी अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यो अग्रता कायम राख्दै चेल्सीले खेल जित्यो ।

जितपछि २० खेलबाट ३५ अंक जोडेको चेल्सी चौथो स्थानमै यथावत छ तर तेस्रो स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी ३ मा झारेको छ । उता आर्सनल भने २० खेलबाट २४ अंकसहित १२औं स्थानमै यथावत छ ।

एक खेल कम खेलेको सिटी ३८ अंकसहित तेस्रो स्थानमा छ ।१८ खेलबाट ५२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment