Comments Add Comment

अन्तिम मिनेटको गोलसँगै मच्छिन्द्र विजयी

काठमाडौं । नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गरेको गोलको मदतमा मच्छिन्द्र क्लबलेे न्यूरोड टिम (एनआरटी)लाई हराएको छ र शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमवार भएको खेलमा मच्छिन्द्र क्लबलेे एनआरटीलाई १-० गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रका लागि सोमिडेले अन्तिम मिनेटमा गोल गरेका थिए । यसअघि मचिन्द्रले थुप्रै अवसर सृजना गरेपनि गोल गर्न सकेको थिएन ।

यससँगै मछिन्द्रको ९ अंक भएको छ । समान अंक जोडेको मनाङ मर्स्याङ्दी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment