Comments Add Comment

सोल्टीमा रामकृष्ण र निलम

पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए ।

ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको छ । तर, पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन् । उसो भए, उनीहरुले अदालती प्रक्रियामा डिभोर्स किन गरे त भन्ने कौतुहलता उनीहरुको फ्यानमा भने छ ।

शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा पुगेका थिए । कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो । मिडियाको क्यामेराले पनि ढकाल दम्पत्तीलाई नै बढी खोजे ।

कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए । रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए ।

 

तस्वीरः बालकृष्ण बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment