Comments Add Comment

स्वाद, अल्कोहल र मूल्यका हिसावले ‘अर्ना एइट’ फुल प्याकेज : केसी

यति ब्रुअरी प्रालिले हालसालै अर्ना-एइट (८) लाई बजारमा ल्याएको छ । नेपाली बजारका लागि आवश्यक र उपयुक्त भन्दै कम्पनीले ल्याएको यो बियर नेपालभर नै उपलब्ध हुन थालेको छ । ८ प्रतिशत अल्कोहलसहितको यो बियर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी अल्कोहल राखिएको वियर हो । किन कम्पनीले यो किसिमको बियर बजारमा ल्यायो त ? यस विषयमा हामीले यति ब्रुअरी प्रालि बियरका महाप्रवन्धक (सेल्स एन्ड मार्केटिङ) अरुण केसीसँग कुराकानी गरेका छौं ।

अर्ना बियर नेपाली बजारमा आएको छोटो समयै परिचित ब्रान्ड बन्यो । कसरी यो कम्पनकिो जन्म भएको थियो ?

यो उद्योग विशाल र एभरेस्ट ग्रुप मिलेर स्थापना भएको हो । यो विशुद्ध नेपाली लगानीमा स्थापित भएको हो । हामी बियर बनाउन सक्षम छौं र प्लान्ट राम्रो राख्न सक्छौं भने विदेशी ब्रान्डभन्दा आफ्नो ब्रान्ड नै राखौं भन्ने सोच्यौं । नेपाली ब्रान्डको बियरमा पनि ग्राहकको झुकाव अझ बढोस् भनेर हामीले प्रयास गर्‍यौं । नेपाली लगानी, नेपाली ब्रान्ड र नेपाली बियर, नेपाली स्वाद राख्ने भयौं ।

त्यसपछि ब्रान्डको नामबारे पनि छलफल भयो, पहिले नेपाली ब्रान्डहरु धेरैजसो सम्पदाहरुको नाममा राख्ने चलन थियो, अहिले सरकारले त्यसमा कडाइ गरेको छ । त्यसैले हामीले नेपाली नाम राख्न केही लुकेर बसेको र छायाँ परेको नेपाली चिजलाई उठाउनुपर्‍यो भनेर सोच्यौं । त्यसपछि ‘अर्ना’ नाम आयो ।

हामीले ‘अर्ना’ बियर सार्वजनिक गर्दासम्म धेरैलाई अर्ना के हो भन्ने थाहा थिएन, हामीले कोशी टप्पुमा पाइने अर्नाको प्रवर्द्धन गरौं भन्ने सोचका साथ पनि अर्ना ब्रान्ड राखेका हौं । अहिले धेरैलाई अर्नाबारे थाहा भएको छ । कोशीटप्पुमा पर्यटन प्रवर्द्धन पनि हुन सक्छ भन्ने सोचका साथ यसलाई ल्याएका थियौं ।

अर्नाको उत्पादन कहाँबाट कसरी गर्दै हुनुहुन्छ ?

चितवनको चैनपुरमा उद्योग बनाएका छौं । हाम्रो उद्योग निकै उच्च प्रविधियुक्त छ । हामी संसारकै ‘लेटेस्ट’ प्रविधिमा बियर बनाइरहेका छौं । तीन वर्षदेखि हामी बजारमा छौं । त्यसैले अर्नाको स्वाद र गुणस्तरमा अहिलेसम्म ग्राहक सन्तुष्ट छन् । अहिलेसम्म गुनासो सुनेका छैनौ ।

हामीले सुरुमा ‘अर्ना स्ट्रङ्ग’ ल्यायौ, त्यसपछि लाइट ल्यायौं, अनि प्रिमियम ल्यायौं । हालसालै चाँही हामीले अर्ना-एइट बजारमा ल्याएका छौ ।

कसरी अर्ना ८ ल्याउने निर्णयमा पुग्नुभयो ?

विगत २ वर्षदेखि हामी बजारमा रिसर्च गर्दै थियौं । उपभोक्ताले के चाहिरहेका छन् बुझ्यौं । अहिले टोटल इन्डस्ट्री नै स्ट्रङ्गमा गइरहेको देखियो । हिजो इन्डस्ट्रीमा ८० प्रतिशत पि्रमयम ब्रान्ड थियो भने २० प्रतिशत मात्रै स्ट्रङ्ग ब्रान्डको हिस्सा थियो । अहिले ७२ प्रतिशत बजार स्ट्रङ्ग ब्रान्डले लिएको देखिन्छ ।

मान्छेलाई बियर स्मुथ पनि चाहियो, खाएपछि ह्यागंओभर हुन पनि भएन, त्यसैले हामीले धेरै समयको रिसर्च र तयारी पछि अर्ना-एइट बजारमा ल्याएका हौं । सरकारले पनि बियरमा ८ प्रतिशतसम्म अल्कोहल राख्न दिएको छ भने ग्राहकको चाहानाअनुसार नै उत्पादन बजारमा ल्याउँ भनेर यो निर्णय गरिएको हो ।

अर्ना एइट बजारमा ल्याएपछि यसअघिका अर्नाका उत्पादनहरु के हुन्छन् ?

हामीसँग अब सबै खालका उत्पादनहरु हुनेछन् । ग्राहकले आफूलाई उपयुक्त विकल्पमा अर्ना छान्न पाउनुहुन्छ । हामीले नामको लागि मात्रै बियर लन्च गरेका छैनौं । एउटै प्रकृतिको बियरमा अर्को नाम दिएर ल्याएका छैनौं हामीले ।

अर्ना लाइट, विशेषगरी स्वास्थ्यँग सम्बन्धित छ । बियरले रिफ्रेस पनि गर्नुपर्छ र कम कार्बोहाटेड र कम अल्कोहल होस् भन्नेलाई अर्ना लाइट लक्षित छ । अर्ना स्ट्रङ्ग त ‘मास सेगमेन्ट’ हो । अर्ना स्ट्रङ्गमा ६.५ प्रतिशतको अल्कोहल छ । यसमा गज्जबको ‘स्मुथनेस छ भने ६५० एमएलमा छ भने ५ सय एमएल क्यानमा पनि छ ।

अर्ना पि्रमियर प्रिमियम ब्रान्ड हो, यो प्रिमियम स्वादको छ । यसमा ५.५ प्रतिशत अल्कोहल छ । धेरै समयको रिसर्चपछि भर्खरै अर्ना-एइट ल्याएका छौं । हामी यी चार वटै उत्पादनलाई बजारमा ल्याइराख्छौं । ग्राहकले छानेर खान पाउनुहुन्छ ।

अर्ना एइटको सुरुआतको प्रतिक्रिया कस्तो छ ?

यो ब्रान्ड लन्च गरेको दुई हप्ता जति भयो । अर्ना एइट अहिलेसम्म नेपालभर ५ हजारभन्दा बढी पसलमा उपलब्ध भएको छ । सुरुआतमा जसले यसलाई खानुभयो, उहाँहरुले निकै प्रशंसा गर्नुभएको छ । समाजिक सञ्जालमा ग्राहकहरुले हामीसँग कहिले मेरो ठाउँतिर  पनि किन्न पाइन्छ भनेर सोधिरहनुभएको छ ।

जाडो महिनामा यसै पनि कम बियर खाइन्छ । तर, पनि यो समयमा पनि देशभरबाट अर्ना-एइटको डिमान्ड छ, हामीले मागेजति ठाउँमा पुर्‍याउन सकिरहेका छैनौं ।

अर्ना-एइट त जाडो महिनालाई पनि गज्जबकै हुन्छ । मान्छे जाडोमा बढी चिसो हुन्छ भनेर अरु अल्कोहलतर्फ लाग्छन्, तर, यसमै ८ प्रतिशत अल्कोहल भएपछि बियर रुचाउनेका लागि त जाडोमा पनि अर्ना-एइट एउटा गतिलो उपहार नै हो । गर्मी महिनामा बियर खाने र तर जाडोमा अल्कोहलतर्फ जानेहरुले पनि यो बियरलाई धन्यवाद दिइरहनु भएको छ ।

पहिलो स्ट्रङ्ग बियरमा मज्जाको स्वाद नआउने हुन्थ्यो, कडकपन आउने हुन्थ्यो । स्मुथनेस आउँदैन थियो । टेक्नोलोजी विकास हुँदै गयो । राम्रोसँग बनाउँदा स्ट्रङ्ग बियरमा पनि गज्जबको स्वाद आयो ।

सबैले बुझ्नुपर्छ कि अल्कोहल रिफ्रेस हुन खाइन्छ । मान्छेले धेरै पैसा भयो अब रिफ्रेस हुन्छु भन्ने होइन, कम पैसा खर्च गरेर मान्छे सँधै रिफ्रेस हुन चाहन्छ । त्यसैले थोरै पैसामा धेरै रमाइलो लिनेहरु बढ्दै छन्  ।

पैसा पनि धेरै खर्च नहोस्, तर पिएपछि आउनुपर्ने आनन्द पनि आओस् भन्ने धेरैको चाहाना हुन्छ । ७२ प्रतिशत बजार स्ट्रङ्ग मार्केटले ओगटिसकेकाले अर्ना एइटको ग्राहक धेरै नै हुन सक्ने हामीले देखेका छौं । त्यसैले अर्ना एइट मा सुरुआतमा आएको प्रतिक्रयाबाट हामी उत्साहित छौं ।

अर्ना एइटलाई दई खालको बोतलमा ल्याउनुभएको छ, किन ?

दुई खालको बोटलमा ल्याएको पनि ग्राहकलाई नै सम्भिmएर नै हो । एउटा ६५० एमएलको छ । एक कार्टुनमा १२ बोतल हुन्छ । त्यसको एक बोतलको एमआरपी २७५ रुपैयाँ छ ।

समान्यतया स्ट्रङ्ग बियरको एमआरपी यसैको हाराहारीमा हुनछ । सबैभन्दा गज्जबको अर्को बोतल ३३० एमएलको सानो बोतलमा पनि ल्याएका छौं । यसलाई १४० रुपैयाँमा बेच्दैछौं । हामीले गुणस्तर र स्वाद मात्रै हैन, दुबै बोतलमा पुल अफ क्याप पनि दिएका छौं । यसले ग्राहकलाई पनि सजिलो हुनेछ । ३४० एमएलको बोतलमा धेरैको आकर्षण देखिएको छ । धेरै ठीक गर्नु भयो भनिरहनुभएको छ ।

अहिले कुनै क्यान बियर २५० रुपैयाँ भन्दा तल पाइँदैन । तर, १४० रुपैयाँमा बियर खान पाइन्छ भन्दा धेरै दंग पर्नुभएको छ । १४० रुपैयाँमा पनि बियर पाइन्छ ? प्रश्न गर्ने धेरै छन् ।

सानो बोतलमा ल्याउन पनि हामीले मार्केट रिसर्च गरेका थियौं, कतिपय मान्छे बियर खाएर झ्याप भएर बस्न चाहँदैन । थोरै खाएर आनन्द लिन चाहन्छ । आएपछि थोरै अल्कोकलको टि्रप आओस् । अर्ना एइटको दुई सानो बोतल खाँदा नै उसले ठूला दुई बोतल बराबरको रिफ्रेसमेन्ट पाउँछ ।

यो सानो बोतल ग्राहकको पनि चाहाना थियो, यसमा क्यानमा जाँदैनौं । क्यान भनेको सजिलोकै लागि हो । त्यसमा सो सानो बोतलले काम गर्छ । अन्तर्राष्ट्रिय रुपमा पनि सानो बोतलको प्रयोग ट्रेन्ड आइरहेको छ । त्यो ट्रेन्डलाई हामीले पनि भित्र्याएका हौं ।

बजारमा अरु पनि स्ट्र्ङ्ग बियर छन्, अर्ना एइटमा त्यस्तो के फरक काम गर्नुभयो जसलाई ग्राहकले रुचाउने अवस्था देखियो ?

यो एउटा रेसिपी हो, बियर बनाउने प्रोसेसिङ हो । प्रोसेसिङलाई राम्रो बनाउने कोसिस हामीले गर्‍यौं । प्रेसर कुकरमा पाएको भात र आगोमा पाएको भात, सानो आगामा पकाएको भातमा त फरक-फरक स्वाद हुन्छ भने यो त बियर हो ।

यो निकै उच्च प्रविधिको प्रयोगबाट बनाइने कुरा हो । हामीले पुरानो प्रविधिलाई छाडेर नयाँ प्रविधि अबलम्बन गर्दा कडकपनलाई स्मुथनेसमा बदलेर ल्याएका हौं । हामीले स्ट्रङ्ग बियरको स्वादलाई नै प्रशोधन गरेका छौं । त्यसकै लागि त २ वर्ष अध्ययन तथा अनुसन्धान गर्नुर्‍यो ।

अर्ना एइट अरुभन्दा कसरी फरक छ भनेर दावी गर्नुहुन्छ ?

यो बियर हेर्दा र पिउँदा दुबै चिजमा फरक छ । सानो बोतलमा ल्याएका छौं, ठूलो बोतलमा ल्याएका छौं । पुल अफ क्यापमा ल्याएका छौं । नेपालमै पहिलोपटक ८ प्रतिशत अल्कोहलमा बियर ल्याएका छौं ।

अरु कुनै बियरमा ८ प्रतिशत अल्कोहलमा आएका छैनन् । खाइसकेपछि सबैले भन्छन् कि स्ट्रङ्ग बियरमा पनि यस्तो स्वाद हुने रहेछ । हामीले फरक ल्यायौं, ग्राहकले पनि यसलाई देखेर, खाएर महसुुस गरेरै फक मान्नु भएको छ ।

सबैभन्दा ठूलो कुरा बियर खान मन छ, पैसा कम छ, आनन्द धेरै उठाउँ भन्ने पनि छ भने अर्ना एइट खाने हो । अझ कम अल्कोहलको प्रिमियम बियरमा पाउने भन्दा राम्रो स्वाद यसमै पाइन्छ । अझ अतिरिक्त अल्कोहल पनि पाउँछ, रिफ्रेसमेन्ट पनि पाउँछ ।

अर्ना-एइटलाई कसरी बजारमा परिचित गराउनुहुन्छ, बजार रणनीति के-के छन् ?

हामी ग्राहक कहाँ छन् त्यहीँ पुग्छौं, उहाँहरुको सानोभन्दा सानो प्रतिक्रियालाई पनि आत्मसाथ गर्ने हो । कहीँ कतै कमजोरी भए त्यसलाई तत्कालै सुधार्नेछौं । ग्राहकको सन्तुष्टी नै हाम्रो प्राथमिकता हुन्छ । त्यसकै आधारमा हामी अघि बढ्छौं ।

हामीले बियर खाने सबैलाई लक्षित गरेर ल्याएका हौं । यसलाई हिमाल पहाड तराई सबैतिर पुग्छौं । यो सबै क्षेत्रका ग्राहकका लागि उपयुक्त छ । मूल्य, अल्कोहल, स्वाद सबै हिसावले यो अवश्विसनीय नै छ ।

त्यसैले प्रिमियम विदेशी ब्रान्ड खानेहरुलाई पनि अर्ना एइटलाई एक पटक चाख्न अनुरोध गर्छौं । किनभने यो बियरलाई हामीले फुल प्याकेजमा ल्याएका छौं । यो धेरै खाएर गज्जबकै आनन्द लिन्छु भन्नेलाई, थोरै खाएर मज्जाले लागोस् भन्नेलाई, कम पैसा छ भन्नेलाई र धेरै पैसा छ भन्ने जो सुकनै होस्, सबैका लागि अर्ना एइट उपयुक्त छ ।

हामीले ग्राहकको चाहानाअनुसार हामीले अर्ना एइट ल्याएका छौं । हामी सबैलाई अनुरोध गर्छौं कि सकेसम्म अल्कोहलमा आदत र लत नबसाऔं, कसैलाई रिफ्रेस हुन मन छ भने अर्ना-एइट पनि चाखेर हेर्नुस् ।

सन्तुष्ट हुनुभयो भने समाजिक तवरले नै यसलाई उपयोग गर्नुस्, यदि मन परेन भने पनि हामीलाई भन्नुस् हामी सुधार्ने प्रयास गर्ने नै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment