Comments Add Comment

जाउलाखेलसँग च्यासल पराजित, गोल गर्न चुके सन्तोष

१५ पुस, काठमाडौं । अन्तिम दस मिनेटमा २ गोल गर्दै जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ । ललितपुर डर्बीमा जाउलाखेलका लागि रुपबहादुर लामा र विजय घलानले एक-एक गोल  गरे ।

८० औं  मिनेटमा  विजय घलानको पासमा रुपबहादुरले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रिबाउण्ड बलमा विजय घलानले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुबै टिमले आक्रामक खेल्दै गोलका केही अवसर सिर्जना गरेका थिए । ५१ औं  मिनेटमा च्यासलका विदेशी खेलाडी टाएगा नाकामुराको  फ्रिकिक पोष्ट बार भन्दा केही माथिबाट बाहिरियो ।

६९ औं  मिनेटमा जाउलाखेलका रुपबहादुर लामाको प्रहार च्यासलका गोलकिपरले बचाए । ७१ औं  मिनेटमा च्यासलका सन्तोष साहुखलले पेनाल्टी एरियाबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । लिगमा ९९ गोल गरेका उनी लगातार दुई खेलमा गोल गर्न चुकिसकेका छन् ।

जितपछि जावलाखेलले अपराजित यात्रा कायम राख्दै ४ खेलबाट ८ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment