Comments Add Comment

एपीएफलाई हराउँदै चुलीले जित्यो खुला पुरुष भलिबलको उपाधि

१६ पुस, काठमाडौं । जाजरकोटमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । बुधबार भएको फाइनलमा एपीएफको टिमलाई पराजित गर्दै चुलीले उपाधि जितेको हो ।

चुलीले १७-१७-१७ को सेटमा एपीएफलाई पराजित गरेको हो । एक सेट भने २२-२५ मा हारेको थियो ।

उपाधिसँगै चुलीले एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको एपीएफले एक लाख र तेस्रो भएको नेपाल आर्मीले ५० हजार हात पारेका छन् ।

प्रतियोगितामा ७ वटा टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment