+

ए डिभिजन लिगमा पुलिससँग संकटा पराजित

२०७६ पुष  १६ गते १३:३७ २०७६ पुष १६ गते १३:३७
ए डिभिजन लिगमा पुलिससँग संकटा पराजित

१६ पुस, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफमै तीन गोल भएको खेलमा पुलिसले अग्रता लिएको थियो । १५ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार गोलमा परिणत भएको थियो ।

तर त्यो अग्रता लामो समय टिकेन । १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । पेनाल्टी एरियामा पुलिसका डिफेण्डरले बल ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो ।

३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई फेरि अग्रता दिलाए । प्रवेश कुँवरले मैदानको मध्यभागबाट उपलब्ध गराएको लङ पासलाई सुमनले संकटाका गोलकिपर विनय श्रेष्ठसंग वान भर्सेस वानको अवस्थामा गोल गरे ।

पहिलो हाफमा पुलिसले २-१ को अग्रता कायम राख्यो । दोस्रो हाफमा दुवै टिम आक्रामक बने पनि गोल हुन सकेन । ६० औं  मिनेटमा संकटाले बराबरीको मौका पाएको थियो । तर प्रल्हाद रोयले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ७१ औं मिनेटमा पुलिसका सुमन लामाले उपलब्ध गराएको क्रसमा सौजन राईले गोल गर्न सकेनन् ।

८६ औं मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले भोला सिलवालको कर्नरमा गरेको हेडर संकटाका गोलकिपर विनय श्रेष्ठले बचाए ।

जितपछि ४ खेलबाट ७ अंक जोड्दै पुलिस पाँचौ स्थानमा उक्लेको छ । पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेल्दै लिग शुरु गरेको पुलिस दोस्रो खेलमा थ्री स्टारसंग पराजित भएको थियो । तेस्रो खेलमा भने पुलिसले सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।

उता संकटाको यो दोस्रो हार हो । लिगको पहिलो खेलमै संकटा च्यासल युथ क्लबसंग पराजित भएको थियो। त्यसपछि एनआरटीलाई पराजित गरेको संकटा जाउलाखेलसँग बराबरीमा रोकिएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय