Comments Add Comment

भारतीय मिडियामा राजदूत आचार्य : कालापानी नेपालको हो

१६ पुस, काठमाडौं । नेपालमा निकै ठूलो मुद्दा बनिरहेको कालापानीको विवादलाई भारतीय मिडियाले भने अहिलेसम्म त्यति चासो दिएका छैनन् । नेपालमा काम गरेका पूर्वराजदूतहरुको एकाध लेखबाहेक भारतीय मिडियामा ठूलो कभरेज पाइँदैन ।

यसैबीच टाइम्स अफ इन्डियाले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको कुराकानीमा आधारित सामग्री प्रकाशन गरेको छ ।

आचार्यले अन्तरवार्तामा कालापानी नेपालको भएको र दुई देशबीचको सम्बन्धमा तिक्तता आउन नदिने यो विषयलाई तत्काल सल्टाउनुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस कालापानीमा भारतको अर्को झेल, नयाँ नक्सामा काली नदी गायब

आचार्यले नेपाल र भारतबीच रहेका सीमा विवादहरु सल्टाउन दुई देशका विदेश सचिव स्तरीय संयन्त्र रहेको भन्दै तत्काल यसको बैठक बस्नुपर्नेमा जोड दिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

‘सन् १८१५ मा भएको सुगौली सन्धिअनुसार कालापानी नेपालमा पर्छ,’ आचार्यले भनेका छन्, ‘हामीलाई थाहा छ कि भारत संवादबाट भाग्न खोजिरहेको छैन, तर नेपाल यसलाई चाँडो सल्टाउन चाहन्छ । नेपालले कालापानीलाई सानो मुद्दा मानेको छैन । यो समाधान भएमा दुई देशबीच विश्वासको वातावरण पुनस्र्थापित हुनेछ । यस्ता विवादहरुलाई लामो समय कचपल्टिन दिनु हुँदैन ।’

यो पनि पढ्नुहोस १२ नक्सामा हेर्नुहोस् कालापानीमा भारतले गरेको सीमा अतिक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment