+
+
Shares

इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १८:२८

२३ भदौ, काठमाडौँ । यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ। रात्रीकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिए। नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन बत्ती बाल्न सुरु भइसकेको उनले बताए।

बत्तीको तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रङ्रोगन र साजसजावट सुरु भएको छ। यस वर्षको इन्द्रजात्रा असोज ९ गते परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?