Comments Add Comment

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष (फोटो फिचर)

१६ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ ।

वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।

शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो ।

पर्यटन वर्ष शुभारम्भ हुनुपूर्व निकालिएको र्‍यालीमा लोपोन्मुख कुसुण्डा र राउटे जातिको पनि सहभागिता रहेको थियो ।

शुभरम्भकै क्रममा गोठीकाँठाबाट उडाइएको प्याराग्लाइडिङ कार्यक्रमस्थलमै ल्याण्ड गरिएको थियो ।

कर्णाली सरकारले भ्रमण वर्षलाई लक्षित गरी ४० वटा गन्तव्यहरु तय गरेको छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

शुभारम्भपूर्व निकालिएको र्‍यालीमा सहभागी प्रदेश मन्त्रीहरू ।
र्‍यालीमा सहभागी लोपोन्मुख कुसुण्डा र राउटे समुदाय ।
शुभारम्भ कार्यक्रममा सहभागी कर्णालीका मुख्यमन्त्री, मन्त्री र अतिथिहरू ।
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू ।
कर्णाालीको भेषभुषामा सजिएका सहभागीहरू ।
शुभारम्भका क्रममा कार्यक्रमस्थलमा ल्याण्ड गरिएको प्याराग्लाइडिङ ।
र्‍यालीमा सहभागी भएको सागमा पदक विजेता खेलाडीहरू ।
शुभारम्भपूर्व अपाङ्गता भएकाहरूको र्‍याली ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment