+
+
Shares

२५ करोड लगानीमा बर्दियामा खुल्यो बबई रिसोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १४:३६

१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्वारामा बबई रिसोर्ट सञ्चालनमा आएको हो ।

जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णालीमा र्‍याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रबन्धक धर्मराज गिरीले जानकारी दिए । उनका अनुसार रिसोर्टमा २५ करोड लगानी रहेको छ ।

रिसोर्टमा धर्मराज घिमिरेको लगानी रहेको छ । कूल ४० ओटा कोठा रहेको रिसोर्टमा एकै पटकमा १ सय ५ जनासम्म पाहुना बस्न सक्छन् । नयाँ रिसोर्टले भ्रमण वर्षको मुखमा बर्दियामा पर्यटक आकर्षित गर्न सहयोग पुग्ने प्रबन्धक गिरीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?