+
+
Shares

देउवालाई सिटौलाको दुई पन्ने पत्र : बहुमतको निर्णय सच्याउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १९:३९

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई लिखित पत्र नै बुझाएर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन आग्रह गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुको बहिस्कारका बीच कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका बनाउनुका साथै विभागहरु थपेर ४७ वटा पुर्‍याउने निर्णय गरेको थियो ।

पार्टीको केन्द्रमा देखिएको यो विवादले देशभर निराशा छाएको भन्दै सिटौलाले बहुमत र बहिस्कारको स्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘यसका लागि पार्टीभित्र बृहत एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बनाउनुपर्छ ।’

सभापतिका रुपमा देउवाको पहिलो र प्रमुख जिम्मेवारी १४औं महाधिवेशन गर्नु भएको भन्दै सिटौलाले भनेका छन्, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाई कुनै गुटको होइन, नेपाली कांग्रेसको सभापति हो भन्ने स्मरण गरेर सवै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्छ ।’

सिटौलाले केन्द्रीय समितिको बहुमतबाट तय गरिएको महाधिवेशनको कार्यतालिका सच्याई क्रियाशील सदस्य छानबिन समिति समेत गठन गर्ने गरी पार्टीको पूर्ण बैठक बसेर सहमतिमा नै महाधिवेशनको पूर्ण कार्यतालिका बनाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टीको केन्द्रीय विभाग र समिति वा अन्य सं‌रचना बनाउँदा विधानअनुसार सहमतिबाटै बनाउनुपर्ने सिटौलाले पत्रमा उल्लेख गरेका छन् ।

पार्टीका भातृस‌ंस्था, सुभेच्छुक स‌ंस्थालाई नियमित रुपमा विधान बमोजिम नेतृत्व चयनको वातावरण बनाउनुपर्ने पनि उनले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?