Comments Add Comment

स्वदेशीसँगै विदेशीले पनि मनाए टोपी दिवस

१६ पुस, काठमाडौं । विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन टोपी दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ दिइएको छ ।

नागरिकस्तरबाट मनाउन थालिएको टोपी दिवसमा २०७४ सालमा नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको थियो । तर, यस वर्ष भने बोर्डको सहभागीता देखिएन ।

ढाकाटोपी संरक्षण अभियान थालेको जागरूक युवा अभियान नेपालले माइतीघर मण्डलामा बुधबार बिहान एक कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा नेपालीसँगै विदेशीसमेत नेपाली ढाकाटोपीमा सजिएका देखिन्थे । कार्यक्रममा सहभागी स्वदेशी-विदेशीले नेपाली ढाकाटोपी लगाएर आपसमा तस्वीर खिचाएको दृश्य निकै रोचक थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट र ब्याचसमेत लगाएका थिए ।

नेपालीहरुले पाश्चात्य संस्कृति, संस्कार र पोशाकलाई अँगाल्दै जाँदा नेपालको मौलिक राष्ट्रिय पोशाक संकटमा परेकाले अंग्रेजी नयाँ वर्षकै दिन यो दिवस मनाउन थालिएको अभियन्ताहरू बताउँछन् ।

नेपालीको पहिचानका रूपमा रहेको ढाकाटोपी संरक्षणका लागि ‘जागरुक युवा अभियान नेपाल’ले दिवस मनाउन थालेको थियो । यो दिवस अहिले नागरिक तहसम्मै विस्तार हुन पुगेको छ ।

शताब्दीऔंदेखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपि नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस पाँच पूर्वप्रधानमन्त्रीलाई ढाका टोपी लगाइदिएर मनाइयो नेपाली टोपी दिवस

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको दिन सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढेको छ । भारतको दार्जिलिङ,आसाम,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment