+
+

जाडो याममा काँध दुख्ने समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १५:१०

लामो समयसम्म कम्प्यूटरमा काम गर्नु, गलत तरिकाले बस्नु, काँधलाई धेरै चलाउनु अथवा चलाउँदै नचलाउनु जस्ता बानीले पाखुरा नचल्ने समस्या निम्तिन सक्छ । तर, जीवनशैलीमा परिर्वतन ल्याएर  केही सावधानीहरु अपनाउँदा यो समस्याबाट बच्न सकिन्छ । यदि घर अथवा अफिसमा काम गर्दा-गर्दा अचानक काँधमा असह्य पीडा हुन्छ र आफ्नो काँध चलेको छैन भन्ने महसुस हुन्छ भने यो काँधमा समस्या आएको संकेत हो ।

वास्तवमा हाम्रो शरीरमा समावेश हरेक जोर्नीभन्दा बाहिर एउटा क्याप्सुल हुन्छ । यो समस्या भएको बेला त्यो क्याप्सुल स्टिफ अथवा कडा हुन्छ । जसका कारण काँधको हड्डी हल्लाउन निकै गाह्रो हुन्छ । यो समस्या भएको बेला पीडा बिस्तारै-बिस्तारै अथवा अचानक सुरु हुन्छ र सम्पूर्ण काँध नै जाम हुन्छ ।

यस्तो समस्या ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा धेरै देखिन्छ र पुरुषको तुलनामा महिलाहरुमा यो धेरै हुने सम्भावना हुन्छ ।

विभिन्न कारणहरु

एउटा सर्वेक्षणका अनुसार काँधमा आउने समस्या लामो समयसम्म कम्प्युटरमा काम गर्ने, काँधलाई एकै प्रकारले राख्ने, काँधमा धेरै भार उठाउने, काँधले धेरै काम गर्ने, हड्डीहरु कमजोर हुनु, बढ्दो उमेरका कारण हुनसक्छ । कहिलेकाहीँ यो समस्या काँधमा चोट लाग्नाले पनि हुनसक्छ । दिनहुँ व्यायाम नगर्नाले पनि हिजोआज मानिसहरुमा यो समस्या धेरै हुन थालेको छ । किनभने व्यायाम नगर्नाले जोर्नीहरु जाम हुन थाल्छन् ।

यसको असर

काँध दुख्ने समस्या धेरै महिना अथवा वर्षसम्म पनि भइरहन सक्छ । यो रोग तीन अवस्थाहरुबाट पार गर्छ । जसलाई अँग्रेजीमा फ्रिजिङ, फ्रोजन र थाइंङ स्टेजको रुपमा नामाकरण गर्ने गरिन्छ । यदि तपाईंंलाई पनि त्यस्ता लक्षण देखियो भने तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

काँध कुनै पनि दिशामा मोड्न गाह्रो हुनु, काँध सुन्निनु, गर्धनको दुखाई र त्योभन्दा पनि माथि फैलनु, राति धेरै दुख्नु, स-साना काम जस्तै कपाल कोर्न, टाँक लगाउन आदि पनि गार्हो हुनु, हात पछाडि लैजाँदा कंाँधमा धेरै पीडा हुनु ।

समस्या बढ्दै जानु

यस्तो समस्याका कारण अवसाद, गर्दन र ढाड दुख्नु, थकान, काम गर्न असमर्थ आदि समस्याहरु पनि हुन सक्छ । यो किसिमको दुखाईबाट रोगीलाई मधुमेह, हृदयघात हुनु, फोक्सोको रोग, हृदय रोग आदि हुने पनि सम्भावना हुन्छ । यस्तो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।

रोगबाट बच्न के गर्ने ?

व्यायाम गर्नुपर्छ

काँधमा दुख्ने समस्या पीडा र बाउँडिनबाट राहत पाउनका लागि दिनहुँ व्यायाम गर्नुपर्छ । पेन्डुलम स्ट्रेच, टोवेल स्ट्रेच, फिंगर वाक, आर्मपिट स्ट्रेच, क्रस बडी रिच, काँधलाई बाहिर भित्रतिर घुमाउनु जस्ता केही व्यायामले दुखाईलाई कम गर्छ । तर, त्यस्तो व्यायाम गर्नु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

स्वास्थ्य आहार लिनुपर्छ

मसला भएको, पिरो खाना सेवन गर्नु हुँदैन । किनभने त्यसले पनि फ्रोजन शोल्डरको समस्या बढ्न सक्छ । त्यसैले ताजा र कम मसला भएको खाना खानुपर्छ ।

तातो र चिसो थेरापी

दुखाईबाट राहत पाउनका लागि तातो र चिसो थेरापी लिनुपर्छ । यो दुखाई कम गर्नका लागि काँधलाई १५ मिनेटका लागि आईस प्याक तथा १५ मिनेटका लागि हिटिङ प्याकले सेक्ने । यो प्रकृया दिनमा २-३ पटक गर्नुपर्छ ।

तेल सहित मसाज गर्नुपर्छ

काँधको दुखाई कमगर्नका लागि तथा काँधको सक्रियताको लागि तेल सहित मसाज गर्नु सबैभन्दा उत्तम उपाय हो ।

अक्युपङ्क्चर तथा फिजियोथेरापी

यो दुखाईबाट चाँडै आराम पाउनका लागि अक्यूपंक्चर चिकित्साको साहारा लिन सकिन्छ । अथवा यसको सबैभन्दा राम्रो उपाय भनेको फिजियोथेरापी हो । यसले काँधको दुखाईबाट चाँडै छुटकारा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?