Comments Add Comment

के तपाईंंलाई धेरै जाडो भएको अनुभव हुन्छ ?

तपाईंंलाई धेरै जाडोको अनुभव हुन्छ भने यसको कारण तपाईंंको स्वास्थसँग सम्बन्धित हुनसक्छ । जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदि यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने तपाईंंको स्वास्थ स्थिति असामान्य छ भन्ने कुरा बुझ्नुपर्छ ।

विशेष गरेर तपाईंंको दिनहुँको रुटिनमा त्यस्तो कुनै कारण देख्नु भएन जसले तपाईंंलाई एकदम जाडोको महसुस हुन्छ । जस्तै धेरै समयसम्म पानीमा काम नगरेको अथवा ज्वरो आएको पनि छैन । तर, चिसोले तपाईंंलाई एकदम समस्या भएको छ । यदि तपाईंलाई कुनै कारण नै बिना धेरै जाडोको अनुभव हुन्छ भने केही कुराहरुमा ध्यान दिन अति नै आवश्यक छ ।

निन्द्रा पूरा नहुनु

कुनै पनि कारणले यदि तपाईंंले ७ देखि ८ घण्टासम्म निदाउन पाउनु भएन भने त्यस्तो स्थितिमा धेरै जाडो लागेको अनुभव हुन्छ । त्यस्तो हुनुको कारण यदि तपाईंंको शरीरले पर्याप्त आराम गर्न पाएन भने त्यसले आफ्नो तापक्रमलाई सन्तुलित राख्न सक्दैन । यदि निन्द्रा पूरा भएन भने रसप्रक्रिया बिस्तारै काम हुनथाल्छ । जसका कारण शरीरमा उर्जा उत्पादन कम हुन्छ र धेरै जाडो लाग्छ ।

रक्त सञ्चालन कमहुनु

शरीरमा राम्रोसँग रक्त सञ्चालन भएन भने पनि हामीलाई हरेक समय जाडो भएको महसुस हुन्छ । त्यस्तो स्थिति विशेष गरेर मधुमेह र मुटुका रोगीहरुमा देखिन्छ । जोर्नीको दुखाई र पेटमा ढाँडिने र दुख्ने पनि जाडो लाग्ने कारण हुन्छ । यसकारण पनि शरीरमा रक्त सञ्चालन सही तरिकाले हुन पाउँदैन । यो स्थितिको मुख्य कारण रगत बाक्लो हुनु र सही भोजनको अभाव हुनु हो ।

शरीरमा रगतको कमी हुनु

धेरै डायटिङ गर्नु अथवा फास्ट फूडमा निर्भर हुनाले शरीरलाई पूरा पोषण प्राप्त हुँदैन । त्यसैले धेरैजसो बालबालिका र बयस्कमा राम्रो रुपमा पोषणको कमीका कारण एनिमियाको शिकार हुन्छन् । यस्तो स्थिति विशेष गरेर महिलाहरुमा धेरै देखिन्छ । शरीरमा रगतको कमी हुँदा धेरै जाडोको अनुभव हुन्छ ।

कम वजन हुनु

जुन व्यक्तिको वजन उसको उचाई र उमेरको हिसाबले हुँदैन अथवा कम हन्छ । ती व्यक्तिहरुलाई पनि धेरै जाडो भएको अनुभव हुन्छ । अति धेरै दुब्लो मानिस अथवा त्यस्ता व्यक्ति जसले आफ्नो वजन कम गर्ने योजनामा सक्रिय हुन्छन् । उनीहरुको शरीरमा स्टोर्ड फ्याटको मात्रा कम हुन्छ । जसमा शरीरले शक्ति र तापक्रम उत्पादन गर्न प्रयोग गर्छ । त्यसैले फ्याटको कमी भयो भने अथवा त्यसले फ्याट प्राप्त गरेन भने शरीरले आफ्नो आवश्यकतको हिसाबबाट तापक्रम उत्पादन गर्न सक्दैन र तपाईं धेरै जाडो भएको महसुस गर्नुहुन्छ ।

हाइपोथाइराइडिजम

शरीरमा हार्मोनको गडबडीको लागि यस्तो समस्या सिर्जना हुन्छ । यस्तो स्थितिमा शरीरमा हर्मोनको उत्पादन त्यति धेरै मात्रामा हुँदैन जति शरीरलाई आवश्यक हुन्छ । यसका कारण मेटाबोलिजम शरीरले तापक्रमलाई सन्तुलन गर्न सक्दैन र तपाईंलाई धेरै जाडो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment