+
+
Shares

सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाले नारायणी नदीमा बाढी बढेपछि सुस्ता गाउँपालिका-५ का ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि ल्याइएको छ।
  • प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताका २१९ घरधुरीका एक हजार ४५० भन्दा बढी नागरिकमध्ये केही आफन्तकामा गएका छन् र बाँकीलाई सेनासहित उद्धार गरिएको छ।
  • गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको छ र उद्योग वाणिज्य महासङ्घ तथा रेडक्रसले राहत सामग्री पुर्‍याएका छन्।

११ असोज, नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) । अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ । पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो ।

नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए।  उनले भने, ‘सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो ।’

‘सुस्तावारि आउनका लागि नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्‍याउन ढिलाइ भएको हो’, प्रजिअ नेपालले भने । उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए।

अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?