
१६ पुस, काठमाडौं । सिद्धार्थ बैंकले बुधबार सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।
बैंकको कुल शाखा सञ्जाल संख्या १७८ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।
बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पिओस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाताखोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाकामार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4