Comments Add Comment

सैनामैना महोत्सवको तयारी तीब्र

५ करोड बराबरको कारोबारको लक्ष्य

१६ पुस, बुटवल । सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा हुने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवको तयारी तीब्र पारिएको छ ।

‘आर्थिक विकासका राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार’भन्ने मुल नाराका साथ महोत्सव आगामी पुस २४ गतेदेखि माघ ६ गतेसम्म सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा सञ्चालन हुँदैछ । महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

महोत्सवमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सैनामैना झल्किने उद्यान–पार्क, शिवजीको मुर्ति, सेल्फिजोन राखिने छ ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गर्न लगिएको आयोजकको भनाइ छ ।

महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य आयोजकको छ । मेलामा २२० स्टल रहने छन् ।

टिकटको अम्दानी सामाजिक क्षेत्रमा

चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा अम्दिानी हुने प्रति टिकटको आम्दानीबाट १ रुपैयाँ सामाजिक कार्यमा सहयोग गरिने सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने संस्कृतिक संयोजक हिमाल गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment