Comments Add Comment

प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको निधन

१७ पुस, काठमाडौं । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । स्वर्गीय प्रधानका श्रीमती र छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment