Comments Add Comment

रोनाल्डो र मेसीको स्थान कसले लेला ?

काठमाडौं । सन् २०१० को दशक क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीको दबदबा रहृयो । उनीहरुको उत्कृष्टता सामू कोही पनि नजिक समेत आउन सकेनन् ।

तर ३४ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डो र ३२ वर्षीय बार्सिलोनाका स्टार मेस्सीले सधैँ खेलिरहन सक्दैनन् । त्यसो भए कसले लेलाल दुईको स्थान ? अहिलेको प्रश्न यही हो ।

किलियन एम्बाप्पे, जाओ फेलिक्स, जाडोन सान्चो वा अरु कोही रोनाल्डो र मेसी जस्तै स्टार को बन्छ त्यो हेर्न बाँकी छ ।

बेलायती सञ्चार माध्यम बीबीसीले आगामी १० वर्षमा विश्व फुटबलमा नयाँ लिडरका रुपमा आउन सक्ने केही खेलाडीको सूची तयार पारेको छ ।

किलियन एम्बाप्पे, पीएसजी र फ्रान्स

२० डिसेम्बर १९९८ मा जन्मिएका एम्बाप्पे भर्खर २१ वर्षका भए । उनी फरवार्ड हुन् । जसले फिफा विश्ककप जितिसकेका छन् । गत वर्ष रसियामा फ्रान्सले विश्वकप जित्दा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनलाई फुटबलको उत्कृष्ट युवा स्टारको रुपमा लिइन्छ ।

उनको गती र गोलको लागि भोक उत्कृष्ट छ । रोनाल्डो र मेस्सीले छाडेको स्थान लिसक्ने खेलाडीको रुपमा उनलाई हेरिएको छ । हाल फ्रेन्च क्लब पीएसजीमा खेलिरहेका एम्बाप्पे च्याम्पियन्स लिग उपाधिको खोजीमा छन् ।

जाओ फेलिक्स, एट्लेटिको मड्रिड र पोर्चगुल

१० नोभेम्बर १९९९ मा जन्मिएका फेलिक्स २० वर्षका भए । उनै स्टार रोनाल्डोका देशका हुन् फेलिक्स । स्पेनिस क्लब एट्लेटिको मड्रिडले उनलाई वेन्फ्रिकाबाट कीर्तिमान ११३ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो । फस्ट टिममा ४३ खेल मात्र खेलेका टिनएजरका लागि खर्चिएको यो रकम तेस्रो महँगो ट्रान्सफर थियो ।

एट्लेटिकोमा शुरुवाती समय चोटका कारण उनले खासै खेल्न पाएनन् । तर प्रशिक्षक डिएगो सिमिओनीले उनलाई अब खेलाउन थालेका छन् ।

जाडोन सान्चो, बोरुसिया डर्टमण्ड र इंग्ल्याण्ड

२५ मार्च २००० मा जन्मिएको सान्चो युवा उमेरमै इंग्ल्याण्ड बाहिर उत्कृष्ट प्रदर्शन गर्न सफल भइसकेका छन् । उनी हाल जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेलिरहेका छन् । विंगर उनको पोजिसन हो । हालसालैका वर्ष उनले गरेको प्रदर्शनकै आधारमा उनी यो लिस्टमा समावेश छन् । युवा उमेरमै उनले इंग्ल्याण्डको राष्ट्रिय टिममा समेत डेब्यु गरिसकेका छन् ।

अन्सु फाटी, बार्सिलोना र स्पेन यू-२१

फाटी भर्खर १७ वर्षका भए । तर उनले पाएको चर्चा भने त्यो भन्दा निकै ठूलो छ । ३१ अक्टोबर २००२ मा जन्मिएका फाटी पनि विंगर हुन् । लिओनल मेस्सी खेलेकै क्लबमा खेल्ने उनले युवा उमेरमै मेस्सीकै शैली पछ्याइसकेका छन् । छिटो, ड्रबिलमा उत्कृष्ट अनी न्याचुरल फिनिसर उनको विशेषता हो । गिनिया बिसाउबाट ६ वर्षको उमेरमै उनी आमा र दाइसँग स्पेनको सेभिया गएका थिए । १० वर्षको उमेरमै उनलाई बार्सिलोनाको ला मासिया एकेडेमीले अनुबन्ध गर्‍यो । अहिले उनी त्यही क्लबको स्टार हुने बाटोमा छन् ।

ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, लिभरपुल र इंग्ल्याण्ड

७ अक्टोबर १९९८ मा जन्मिएका ट्रेन्ट आर्नोल्ड राइट ब्याक पोजिसनका खेल्छन् । अट्याकरले खेलमा ग्लायमर ल्याउँछ । तर २१ वर्षीय डिफेण्डर आर्नोल्ड दोहोरो भूमिकामा उत्कृष्ट छन् । डिफेन्समा आफ्नो उत्कृष्ट देखाउने उनी अट्याकमा पनि विपक्षीका लागि खतरा बन्न सक्छन् । उनले गोलका लागि अवसरसमेत सिर्जना गर्छन् ।

युरोपियन च्याम्पियन्स लिगको उपाधि जितिसकेका उनी इंग्ल्याण्डको पहिलो रोजाईँको राइट ब्याक हुन् । युरो २०२० को स्टारको रुपमा समेत उनलाई हेरिएको छ ।

माथि उल्लेख गरिएका पाँच बाहेक जर्मनी तथा बायर लेभरकुजनबाट खेल्ने २० वर्षीय मिडफिल्डर काइ हाभार्ट, म्यानचेष्टर सिटी तथा इग्ल्याण्ड यू-२१ का मिडफिल्डर फिल पोडेन पनि यो सूचीमा छन् ।

यस्तै रियल मड्रिडबाट खेल्ने ब्राजिलियन रोड्रिगो, म्यानचेष्टर युनाइटेड तथा इंग्लयाण्ड यू-२१ का मासोन गि्रनउड, इंग्ल्याण्ड तथा टोटनहमका नियमित खेलाडी डेले अली र स्पेन र भ्यालेन्सियाबाट खेल्ने फेरान टोरेसलाई पनि सम्भावित फ्युचर स्टारको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment