+
+
Shares

उखु बेच्नेबित्तिकै किसानले पैसा पाउने व्यवस्था गर्छौं : उद्योगमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १३:३८

१७ पुस, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने बताएका छन् । बिहीबार राष्ट्रियसभामा जवाफ दिँदै उनले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हन् ।

उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताए ।

‘मिलको गेटमा उखुको हुनेवित्तिकै तुरुन्तै बैंकमार्फत भुक्तानी होस् भनेर कार्यदल गठन गरेका छौं । त्यसले किसानको समस्या पत्ता लगाउँछ, व्यवसायीको समस्या के हो, नेपाल सरकारले गर्नुपर्ने के हो पत्ता लगाउँछ । किसानको ऋण समस्या बाध्यताबारे अध्ययन गरेर मन्त्रालयमा ल्याउँछ । त्यसपछि सरकारले आवश्यक कदम उठाउँछ’ उनले भने ।

उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?