Comments Add Comment

पोखरामा बिइङ ह्युमनको शाखा पुन उद्घाटन

१७ पुस, पोखरा । सलमान खानद्वारा सञ्चालित बिइङ ह्युमन फाउन्डेसन मातहतको कपडा ब्राण्डको शाखा पोखरामा पुन उद्घाटन भएको छ । ३ वर्षदेखि सञ्चालनमा भए पनि बीचमा विविध कारणवश बिक्री रोक्नु परेको भन्दै बिहीबार पुन उद्घाटन गरिएको हो ।

करिब ३ महिनाअघि काठमाडौंमा सञ्चालित बिइङ ह्युमनको मुख्य नेपाल शाखा बन्द भएको थियो । मुख्य शाखा नै बन्द भएपछि बाँकी उपशाखामा सामान अपुग भएका कारण विक्री रोक्नु परेको बस्त्र इंकोका सुदीपचन्द्र बख्रेलले जानकारी दिए । पोखरामा हाल ७० बढी पोशाक प्रकार उपलब्ध हुनेछन् ।

‘पसल बाहिरी कारणले बन्द भएको होइन । केही आन्तरिक कारण थियो,’ बख्रेलले भने, ‘तर पसल नै बन्द भएपछि सञ्चारमाध्यममा धेरै कुरा आए । त्यसले सलमान खानका प्रशंसकलाई असर पु¥यायो ।’ उनले अन्य शाखामा सामान नहुँदा बीचको ३ महिना बिक्री गर्न नसकेको बताए ।

बस्त्रले नेपालका ठूला सपिङ मलमा २ वर्षभित्र ४० आउटलेट खोल्ने योजना बनाएको छ । २ महिनाभित्रै हेटौंडा र चितवनमा पनि शाखा खोल्न लागिएको बख्रेलले जानकारी दिए ।

अघिल्लो वर्षसम्म ह्यमन बिइङले नेपालमा ५ करोड व्यापार गरेको उनले सुनाए । ‘फाउन्डेसनले संकलित अर्थ असहाय अपांगका लागि सहयोग गर्दै आएको छ । अब यहाँ संकलित पैसा यहाँकै असहायलाई सहयोग गर्ने गरी काम गर्दैछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment