Comments Add Comment

अमेरिकी आक्रमणको बदला लिने इरानको चेतावनी

काठमाडौं । अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

शोकको घोषणा गर्दै इरानका सर्वोच्च धार्मिक नेता अयातुल्ला अली खमानीले आक्रमणका दोषीमाथि कडा बदला लिने चेतावनी दिएका छन् ।

शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि खामेनीको यस्तो प्रतिक्रिया आएको हो ।

इरानका विदेशमन्त्री जावद जरिफले यो घटनालाई ‘अन्तर्राष्ट्रिय आतंकवाद’ भनेकाले अमेरिकाले यसका लागि तयार हुन चेतावनी दिएका छन्।

इरानी सरकारका प्रवक्ताका अनुसार केही घण्टापछि देशका शीर्ष सुरक्षा एजेन्सीहरूले यो आपराधिक आक्रमणका बारेमा बैठक गर्नेछन्।

यो पनि पढ्नुहोस अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए

सुलेमानी इरानको लागि महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै खामेनीको नेतृत्वमा काम गर्थे।

सुलेमानीको मृत्युको खबर पाउने बित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय झण्डाको तस्वीर ट्वीट गरेका छन् ।

ट्रम्पले सन् २०२० को प्रारम्भमै इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणलाई लिएर धम्की दिएका थिए ।

नयाँ वर्षको शुभकामना दिँदै ट्रम्पले सामाजिक सञ्जाल ट्विटमा लेखेका थिए,‘हाम्रो कुनै पनि सम्पत्ति वा जीवनमा पुग्न गएको क्षतिका लागि इरान पूर्ण रुपमा जिम्मेवार हुनेछ, उनीहरूले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ, यो कुनै चेतावनी होइन, यो धम्की हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment