
बलिउडमा नायक–नायिकाको प्रेम चर्चा सधै नै हुन्छ । मिडियामा कलाकारको नाम नजोडिएको दिन नै हुँदैन । यतिबेला, बलिउडमा दुई कलाकारको प्रेम चर्चा चलिरहेको छ । नायक सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम चर्चा केही समयदेखि बलिउडमा चलिरहेको छ । अब, यसले मिडियामा पनि स्थान पाउन थालेको छ ।
हालैमात्र, सिद्धार्थ र कियरा मुम्बइको विमानस्थलमा देखिए । दुबै जना नयाँ बर्ष मनाएर भारत फर्किएका थिए । उनीहरु, एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग, खुलेको छैन । तर, उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।
कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा काम गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4