Comments Add Comment

न्यायपरिषद् सदस्यमा सिफारिस निरालाविरुद्ध उजुरी परेन

२० पुस, काठमाडौं । न्यायपरिषद सदस्यमा सिफारिस लक्ष्मीबहादुर ‘निराला’ खड्काविरुद्ध एउटा पनि उजुरी नपरेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका महासचिव मनोहर भट्टराईले निरालाविरुद्ध एउटा पनि उजुरी नपरेको जानकारी दिए ।

उजुरी नपरेकाले आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा निरालाले आफ्ना भावी योजना प्रस्तुत गर्दैछन् ।

निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् । सर्वोच्च अदालतको न्यायाधीश बन्न पदमप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट राजीनामा दिएपछि सरकारले रिक्त पदमा निरालाको नाम सिफारिस गरेको थियो ।

गत पुस ८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरे पनि  उजुरी भने नपरेको हो । योसँगै उनको न्यायपरिषद् सदस्य हुने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment