Comments Add Comment

पलसँग रोमान्टिक पूजा

नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ ।

यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीत अहिले हिट भैरहेको छ ।

यही हिट गीतमा पूजा र पलले शनिबार नृत्य गरेका छन् । ‘कामना फिल्म अवार्ड’को मञ्चमा पूजा र पलले नृत्य गर्दै दर्शकले पनि साथ दिए । यो गीतमा नृत्य गर्नका लागि पूजा र पलले केही दिन अगाडिबाट नै तयारी गरिरहेका थिए ।

पल र पूजाको जोडी स्टेजमा आकर्षक देखिएको थियो । यी दुई अवार्ड समारोहमा भने अलग–अलग रुपमा पुगेका थिए । तर, स्टेजमा पनि यी दुइको रोमान्टिक अवतारले सबैको ध्यान खिच्यो ।
सुदर्शन थापा निर्देशित यो चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार पारिएको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment