+
+
Shares

चिनियाँ पक्राउ प्रकरण : जिल्ला प्रशासन कार्यालयमा १२२ जनाको बयान

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १५:५६

२० पुस, काठमाडौं । नेपालमा बसेर अवैध गतिविधि गरिरहेको आरोपमा पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकको बयान जारी छ ।

आइतबार जिल्ला प्रशासन कायालयमा उनीहरुको बयान लिन थालिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चिनियाँ नागरिकको बयान लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले ७ पुसमा संयुक्त अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।

सम्भवतः प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबारबाटै चिनियाँ नागरिकको कसुरमाथिको आदेश सुनाउने प्रशासन कार्यालयका अधिकारीहरु बताउँछन् । बयानपछि थुनछेक बहस हुनेछ ।

प्रहरीले चिनियाँ नागरिक साइबर अपराधमा संलग्न रहेको दाबी गरे पनि उनीहरुमाथि अभद्र व्यवहारको अभियोगमा मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?