Comments Add Comment

छाउपडी प्रथा अन्त्य गर्ने स्थानीय तहको प्रतिवद्धता

२० पुस, डोटी । डोटीका स्थानीय तहका जनप्रतिनिधिले छाउपडी प्रथा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको समन्वयात्मक बैठकमा स्थानीय तहका प्रमुखहरुले उक्त प्रतिवद्धता गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा भएको समन्वयात्मक बैठकमा जिल्लाका ६ वटा स्थानीय तहका प्रमुखहरुले छाउपडी प्रथा उन्मुलन गर्ने प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

प्रविद्धतासँगै छाउपडी प्रथानिरन्तर रहिरहे छाउ गोठहरु भत्काउने र छाउ बार्नेको सेवा सुविधा रोक्ने सम्मका कदमहरु चाल्न स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् ।

जिल्ला समन्य समिति प्रमुख रामबहादुर ऐरसमेत सहभागी रहेको उक्त बैठकमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका र केआई सिंह गाउँपालिकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment