Comments Add Comment

राष्ट्रिय सभाका २ पदका लागि कर्णालीमा नेकपा र कांग्रेसको उम्मेदवारी

२० पुस, सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार मनोनयन दर्ता गरेका हुन् । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुन् ।

शर्माको मनोनयन दर्ता प्रस्तावकमा करवीर शाही र समर्थकमा ठम्मर विष्ट तथा बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी रहेको अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेसबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गराएका छन । पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा रहेका छन् ।

बस्नेतको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment