Comments Add Comment

घाइते विद्यार्थीको डर : सरले फेरि पिट्ने पो हो कि ?

मिति : बुधबार पुस १६
समय : अपराहृनः३-३:३० सम्म
स्थान : ज्ञानदीप बोर्डिङ स्कुल, सम्मरीमाई गाउँपालिका-६ रुपन्देही ।

कक्षा ५ मा कम्प्युटर पढाउन सदाजस्तै शिक्षक शैलेन्द्र बरई कक्षाकोठामा छिरे । १४ जना विद्यार्थी रहेको कोठामा उनले अघिल्लो दिन दिएका होमवर्क चेक गर्दै, सोध्दै गए ।

६ जनाले होमवर्क गरेका थिएनन् । १० बर्षीय तौफिक धुनियाँ, जगिन्दर हरिजन, निरज केवट, रबिन्द्र प्रजापति, रामकुमार लोध र रिनका बरइलाई उभ्याइयो ।

र,२२ वर्षे शिक्षक बरईले उनीहरुलाई लठ्ठीले पिट्न थाले । त्यही क्रममा १० बर्षका धुनियाको हात, खुट्टा र आंखामा गहिरो चोट लाग्यो । शिक्षकले हातखुट्टामा लठ्ठी बर्षाउन थालेपछि छेक्ने क्रममा उनको आँखामा चोट लागेको थियो ।

विद्यार्थीहरुले हल्लाखल्ला गरे । उनीहरुले हेडसरलाई खोजे । उनी स्कुलमा नभएकाले फोन गरेर सुनाए । हेडसर (प्राचार्य) सुरेन्द्र बरई केहिबेरमा स्कुल पुगे । आँखा र हात खुट्टा सुनिएका विद्यार्थीलाई उपचार गर्न नजिकैको क्लिनिकमा पुर्‍याए ।

धुनियाँ घर नआएपछि अभिावक खोज्दै स्कुलसम्म पुगेपछि बल्ल घटनाबारे थाहा पाए ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का धुनिया उपचारपछि राति ९ बजे घर फर्किएका थिए ।

उनको आँखा सुन्निएर हेर्न सक्ने अबस्थामा छैन । ‘अरुलाई भन्दा मलाई धेरै पिट्नुभयो । हात र खुट्टामा नील डाम छ’ धुनियाँ डरपूर्ण प्रश्न गर्छन्, ‘सरले फेरि पिट्ने पो हो कि ?

त्यसैले उनले अभिभावकसँग बराई सर रहँदासम्म स्कुल नजाने बताएका छन् ।

बुवा साउदी, आमा खेतीपातीमा

बिद्यार्थीलाइ राम्रो शिक्षा दिने भन्दै बोर्डिङ स्कुलले धुनियाबाट मासिक ७५० रुपैयाँ लिदै आएको छ ।

छोराछोराीलाई राम्रो शिक्षा दिने र परिवारको खर्च टार्न धुनियाका बुवा रोजगारीका लागि साउदी अरब छन् । घरमा आमा, हजुरबा, हजुरआमा र उनका दुई बहिनी छन् ।

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

इलाका प्रहरी कार्यालय मर्चवारले विद्यार्थी कुट्ने शिक्षक बरईलाई आइतबार पक्राउ गरेको छ । प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालकाअनुसार कुट्ने शिक्षक र कुटाई खाने विद्यार्थी एउटै गाउँको भएकाले परिवारजनले किटानी जाहेरी दिन अनाकानी गरेको थियो ।

‘शिक्षकलाई सम्मरीमाईबाट पक्राउ गरिएको छ । अब अनुसन्धान गर्छाैं र भोलि म्याद थपको प्रक्रियामा लैजान्छौं’ ढकालले भने ।

उनलाई बालबालिकाबिरुद्धको अपराध अन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी छ ।

पक्राउ परेका शिक्षकले आफ्नो गल्ती स्वीकार गरेका छन् । तर गृहकार्य नगरेको भनेर सामान्य तर्साउन खोज्दा विद्यार्थी आफैंविरुद्ध आक्रमण गरेपछि कुटपिट गरेको बताएका छन् । विद्यार्थीको आँखामा चोट लागेका विषयमा भने उनले विद्यार्थीले हात चालेको र हातमा हिर्काउन खोज्दा आँखामा लागेको बताए ।

यो पनि पढ्नुस्ः
गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, आँखामा गम्भीर चोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment