Comments Add Comment

नेपाल फोटो कन्टेस्टमा फाेटो दर्ता खुल्यो

काठमाडौं । ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को सातौं संस्करणको घोषणा भएको छ । ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले खिचेको फोटोलाई प्रतियोगितामा समावेश गर्न अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।

आयोजक फोटो जर्नलिस्ट क्लब, नेपालकाअनुसार सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै www.pjclub.com.np वा www.npc.photonepal.trevel मा फोटो दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । तर विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्वीर भने समावेश गराउन पाइनेछ । तर फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ ।

दर्ता प्रक्रिया माघ १७ को मध्यरातमा बन्द हुनेछ ।

प्रतियोगितामा फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने काठमाडौं र मोफसलका ५ स्थानमा प्रदर्शनी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment