
२१ पुस, चितवन । पूर्वीचितवनमा मौरीले चिलेर १ महिलाको ज्यान गएको छ ।
रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो ।
घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4