Comments Add Comment

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

सक्रिय यौन जीवन शारीरिक तथा मानसिक दुबै स्वस्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पतीबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् । मानसिक रुपले सन्तुष्ट र फ्रेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पतीले हप्तामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ ।

विभिन्न कारणले हामीमा यौन सिथिलता आउने गर्छ । चाहेर पनि हामी यौनमा सक्रिय हुन सक्दैनौ । यसो हुनुमा एक मात्र कारण हुँदैन । कतिपय अवस्थामा शारीरिक समस्याले पनि हामी यौनमा उदासिन हुन पुग्छौं । कतिपय अवस्थामा मानसिक समस्याले पनि । किनभने यौनमा शरीर मात्रको उपस्थितीले पुग्दैन । मानसिक इच्छाले मात्र पनि काम गर्दैन ।

सक्रिय यौनका लागि शारीरिक र मानसिक दुबै रुपमा उत्तिकै तयार हुनुपर्छ ।

जब दम्पतीले यौनमा सुखभोग गर्न सक्दैनन्, उनीहरु मानसिक रुपले रोगी बन्दै जान्छन् । यसले उनीहरुको सुदूर भविष्यमा खतरा निम्त्याउन सक्छ ।

यौनको नविकरण

त्यसैले यौनको सन्दर्भमा पति र पत्नी दुबै उत्तिकै जागरुक हुन आवश्यक छ । यदि यौन जीवन सुखमय भएको छैन भने दम्पतीबीच यस विषयमा खुला छलफल हुन आवश्यक छ । के कारणले यौनमा सन्तुष्ट मिलिरहेको छैन ? कारण खोतल्नुपर्छ । जब समस्या फेला पर्छ, निदान खोज्न गाह्रो हुँदैन ।

कतिपय अवस्थामा शारीरिक कमजोरी, रोग आदिले यौनमा असर गर्छ । विभिन्न रोग छन्, जसको सोझो प्रभाव यौन जीवनमा पर्छ । त्यस्ता रोगहरुको पहिचान हुनुपर्छ ।

यद्यपी यौनमा मानसिक उपस्थिती उत्तिकै अपरिहार्य मानिन्छ । जब तनाव हुन्छ, धपेडी हुन्छ, आक्रोस वा कुनै पनि किसिमको मानसिक विकार हुन्छ, तब यौनमा सक्रियता जनाउन सकिदैन । त्यसैले यौन सुखका लागि मानसिक विकार त्याग्नैपर्छ ।

यौनमा विषहरण

विषहरण एक प्रक्रिया हो, जसको माध्यामबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ । त्यसपछि हामी उर्जावान, स्वस्थ्य र ताजगी अनुभव गर्न सक्छौं । ठीक यहि किसिमले रिलेसनसिपमा पनि कुनै बेला टक्सिन भरिन सक्छ । यसले दाम्पत्य सम्बन्धमा अविश्वास, दिक्दारी आदि पैदा गर्छ । यसको नतिजा यौन जीवनमा असन्तुलन आउन सक्छ । यौन जीवनबाट यस्ता टक्सिन हटाउनैपर्छ ।

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

–     जब दम्पतीबीच प्रेममा चिसोपन आउँछ । एकअर्कामा पहिले जस्ता आकर्षण महसुष गर्दैनन् ।

–     पति/पत्नीमा आफ्ना बच्चा, करियर, काम, घर-धन्दाको कुराले मात्र स्थान पाउन थाल्छ । अन्तरंग कुराकानी हुन पाउँदैन ।

–     आफ्ना पार्टनरसँग भएर पनि अलग्गै जीवन व्यतित गरिन्छ । दुबैले एकअर्कालाई समय दिन सक्दैनन् । एकसाथ दुबै बस्ने वा समय विताउने इच्छा हुँदैन ।

–     एउटै ओछ्यानमा भएर पनि दुबैले आफुलाई एक्लो महसुष गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment