Comments Add Comment

रसिलो मिश्रीको गुण

चिनीकै जमेको कण हो, मिश्री । त्यसैले मिश्रीलाई ‘रक सुगर’ पनि भनिन्छ ।  मिश्रीमा हाम्रो स्वास्थ्यमा आउने सानातिना समस्याको समाधान गर्न सक्ने गुण हुन्छ । यसको सेवन मन्दिरमा प्रसादको रुपमा पनि गरिन्छ । यसको अर्थ हो मिश्री अत्यन्त पवित्र खाद्यपदार्थ हो ।

पाचन यन्त्रलाई ठिक राख्छ

मिश्रीको सेवन खाली माउथ फ्रेसनरका लागि नभएर पाचन क्रिया सुधार्नका लागि पनि गर्न सकिन्छ । यसमा रहेको तत्व आन्द्राका लागि फाइदाजनक हुन्छ । यसको सेवन सुपनको बिजसँग गर्न सकिन्छ ।

दैनिक खानापछि मिश्रीको थोरै मात्रामा सुप मिसाएर खाने गर्नुस । यसले पेटलाई चिसो राख्नेछ ।  मिलो डकार र मुखको दुर्गन्धलाई पनि तुरुन्तै हटाउनेछ ।

घाँटीको खसखस र खोकी

घाँटीमा खसखस भयो वा खोकिले सतायो भने यसको समाधान गर्न सक्छ मिश्रीले । मिश्रीको सानो टुक्रा मुखमा राखौं ।

यसबाट तुरुन्तै खोकीमा आराम मिल्नेछ । बच्चाहरुलाई पनि रुघा खोकी हुँदा मिश्री खुवाउन सकिन्छ । मिश्रीलाई पानीमा मिसाएर पिउँदा आराम मिल्छ । यसका अलावा मिश्रीमा मरिचको धुलो र घिउ मिलाएर पेस्ट बनाउनुपर्छ । राति सुत्नुअघि मनतातो पानीका साथ एक चांथाई चम्चा लिनुपर्छ । यसबाट तपाईंको खोकी ठिक हुन्छ ।

हेमोग्लोबिन बढ्छ

तातो दुधमा केसर र मिश्री मिलाएर पिउँदा शरीरमा शक्ति तथा स्फुर्ति आउँछ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ । यसबाट त्वचामा कान्ति आउँछ । यो दूधले यौन दुर्बलता कम गर्न पनि सहयोग गर्छ ।

हात, गोडाको जलन ठिक गर्छ

नौनी घ्यू र मिश्रीलाई बराबर मात्रामा मिलाएर लगाउँदा हात-गोडाको जलनबाट मुक्ति पाउन सकिन्छ । दुवै चिजले चिसो दिन्छन् । खानामा नौनीघ्यू र मिश्रीको मिश्रण पनि उपयोगी हुन्छ ।

मुखको कालो छाला ठीक गर्छ

मुखको छाला कालो भयो भने मिश्रीलाई अलैंचीसँग मिलाएर पेस्ट बनाउनुस । यो पेस्ट लगाउँदा कालो छाला चाँडै नै हट्छ ।

गर्मीमा मिश्री

मिश्रीमा मिठास र चिसोपना दुवै गुण हुन्छन् । कडा गर्मीमा मिश्रीको उपयोग चिसो पेय बनाउनका लागि गरिन्छ । एक गिलास पानीमा मिश्री मिलाएर पिउँदा गर्मीबाट राहत मिल्छ र शरीरलाई तागत पनि प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment