Comments Add Comment

सलमानको ‘दबंग ३’लाई अक्षयको ‘गुड न्यूज’ले उछिन्यो

बलिउडमा अहिले बक्स अफिसमा कसको राज चल्छ ? यसको जवाफ एक साताको अन्तरमा रिलिज भएका २ चलचित्रको व्यापारले पनि दिनेछ । डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ले उछिनेको छ ।

‘दबंग ३’ले रिलिज भएको तेश्रो सातामा १५० करोडको आँकडा पार गरेको छ । तर, ‘गुड न्यूज’ले रिलिजको दोश्रो साता चलिरहँदा नै १५० करोडको आँकडा पार गरिसकेको छ । यो चलचित्रले दोश्रो साताको शुक्रबार ८.१० करोड, शनिबार ११.७० करोड र आइतबार १४.४० करोडको व्यापार गरेको छ । योसँगै चलचित्रको व्यापार १६२ करोड पुगेको छ । चलचित्रले बक्स अफिसमा २ सय करोड कमाउने अपेक्षा गरिएको छ । यो चलचित्रले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको नायक सलमान खान अभिनित चलचित्रले भने १५० करोडको आँकडा मुश्किलले पार त गरेको छ । तर, चलचित्रलाई यो भन्दा अगाडि बढ्न सहज छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment